माइती नेपाललाई सय म्याट

jacob1
भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ ।
युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई प्रदान गर्न लागिएको आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन् । महर्जनका अनुसार ज्याकोब स्वयंले सहयोग जुटाएर रिबिल्डलाई रकम हस्तान्तरण गरेका थिए ।
‘ज्याकोबले आफूले उपलब्ध गराएको सहयोग तेक्वान्दो खेलाडीका लागि प्रयोग होस् भन्ने चाहना व्यक्त गरेका थिए ।’– महर्जनले भने ‘उनकै चाहना अनुसार हामीले मानव बेचविखन विरुद्धको अभियानमा सक्रिए माइती नेपालका तेक्वान्दो खेलाडीलाई म्याट दिन लागेका हौं । बाँकी रकम बराबरको सहयोग रक्षा तेक्वान्दो डोजाङका खेलाडीलाई दिने सोचमा छौं । उनले नाकामा म्याट रोकिएको र नाका खुल्ना साथ म्याट उपलब्ध गराउने जानकारी दिए ।
महर्जनसहित आईओएफटीसीकी महासचिव करेन ब्ल्यकलेजले माइती नेपाल र रक्षा तेक्वान्दो डोजाङको समेत अवलोकन गरेका थिए ।

Comment