सातौ खुल्ला कराते शुक्रबार देखि

sudur paschim3
सुदुरपश्चिम गोजुरियो कराते संघको आयोजनामा सातौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगिता धनगढीमा शुक्रबार सुरु हुदै छ । नया शक्ति नेपालकोे प्रायोजनमा हुने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान,अफगानीस्तान,भुटान र बंगलादेशका कुल ७ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता आयोजक कमिटीका संयोजक तथा सुदुर पश्चिमाञ्चल गोजुरियो कराते संघका अध्यक्ष नारद मुनीले बताए । प्रायोजक सस्थाका कमल श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता नेपाली करातेको विकासमा सहयोगी हुने बिश्वास ब्यक्त गरे । प्रतियोगिता दुइ दिनसम्म हुने छ । प्रतियोगितामा ३७ इभेन्ट समाबेश छन् ।

Comment