सुनील न्युयोर्क प्रस्थान

sunil 11

कराते खेलाडी सुनील लामा फिका युएसए– २०१५ अन्तर्राष्ट्रिय कराते डो प्रतियोगितामा सहभागी हुन बिहीबार साझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । नोभेम्बर २२ तारिखमा हुने प्रतियोगितामा सुनीलले ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
सुनील ११ औं दक्षिण एसियाली खेलकुद (साग) तथा १३ औं एसियाली प्यासिफिक सितोरियो कराते प्रतियोगिताका स्वर्णधारी हुन् । उनले २०१५ मा लन्डनमा भएको १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते तथा २०१२ मा सिंगापुर ओपन करातेमा कांस्य जितेका थिए । सुनीलले जर्मनमा भएको २२ औं विश्व कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् ।
प्रतियोगितापछि सुनीलले न्युयोर्कमै रहेको गोसिनरियो मार्सल आर्ट एन्ड फिट्नेस स्टुडियोमा एक महिने प्रशिक्षण लिने बताइएको छ । उनलाई त्यहाँ लुइस रुयिजले प्रशिक्षण दिने छन् ।
नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी लगायतले त्रिपुरेश्वरस्थित महासंघकै कार्यक्रममा बिदाइ गरे ।

Comment