कराते टोलीको विदाई

phatta gr1
जापानमा आयोजना हुने सितोरियो सोकोकाई कराते विश्व च्यामिपयनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डी शेर्पाले राखेपमा बुधबार विदाई गरे ।
विश्व च्यामिपयनसिपमा सहभागी हुन जाने ४ सदस्यिय टोलीमा सितोरियो सोकोकाई करातेका प्रमुख प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङ्ग, खेलाडीहरु गोविन्द खनाल, रुविस्का तामाङ र प्रज्वल शेरचन रहेका छन् । ४ देखि ७ मंसिरसम्म आयोजना हुने प्रतियोगितामा प्रमुख प्रशिक्षक गुरुङ्गले निर्णायकको भूमिका निर्वाह गर्ने बताए ।

Comment