जस्मिताप्रति चितवन तेक्वान्दोको श्रद्धाञ्जली

jasmita1
जिल्ला तेक्वान्दो संघ चितवनले दिवंगत तेक्वान्दो खेलाडी जस्मिता उप्रेतीको सम्झनामा मंगलबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । २७ कात्र्तिकमा देउसी खेलेर फर्कदा कारले ठक्कर दिए पछि जस्मिताको निधन भएको थियो । जिल्ला तेक्वान्दो संघले मंगलबार नै ग्रडिंग कार्यक्रमको पनि आयोजना ग¥यो । ग्रडिंग कार्यक्रमको आयोजना पछि आयोजित श्रद्धाञ्जली कार्यक्रममा तेक्वान्दो खेलाडी, प्रशिक्षक र अभिभावकहरु रहेको तेक्वान्दो प्रशिक्षक पुष्प जोशीले बताएका छन् । दिवंगत जस्मिता घोषित सातौ राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल क्षेत्रीय छनोटमा चितवन जिल्लाबाट ५७ किलो तौल समुहमा छनोट भएकी थिइन् ।

Comment