थापा माथि प्रतिबन्ध

ganesh thapa
नेपाली फुटबलमा गणेश थापाको नेतृत्वको अन्त्य भएको छ । दुइ दशक नेपाली फुटबलको बागडोर सम्हालेका थापा माथि बिश्व फुटबल महासंघ( फीफा)ले सोमबार फुटबल गतीबीधीबाट १० बर्षका लागि प्रतिबन्ध लगाएको हो । साथै थापालाई२० हजार स्वीस फ्रान्क जरिवाना पनि तोकीएको छ । हास जोचीक एकर्टको नेतृत्वमा रहेको इथिक कमिटीले थापालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गतीबीधीबाट प्रतिबन्ध लगाएको छ । उनी माथि सन् २००९ को फीफा निर्वाचन र सन् २०११ को एएफसी निर्वाचनमा घुस लिएर भ्रस्टाचार गरेको भन्दै प्रतिबन्ध गरिएको हो ।
यो घटनाले नेपाली घरेलु फुटबल कता जाने भन्ने प्रश्न उठेको छ । नेपालमा एन्फका उपाध्यक्ष कर्मा छिरिंग शेपाृ, किशोर राइ, विजय मानन्धर  र सदस्य पंकज नेम्बांगले आवाज उठाउदै आएका थिए । पछिल्लो समय लगातार बैठकमा अनुपश्थित भएको जनाउदै एन्फाले उनीहरुलाई पदमुक्त गरेको थियो । उनीहरुको आवाज फीफाको इथीक कमिटीले पुष्टि गरिसकेको छ । थापाले आफू माथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।

Comment