मकाउमा श्रेष्ठको सफलता

loman3
थुप्रै नेपाली खेलकर्मी विदेशमा रहेर पनि खेलकुदमा सक्रिय रहे । यीनीहरुले त्यहाँ रहेर पनि गौरवशाली सफलता प्राप्त गरेका छन् । यस्ता थुप्रै नेपाली खेलकर्मी मध्य मकाउमा रहेका लोकमान श्रेष्ठ एक रहे । जर्मनीका भएको बिश्व च्याम्पियनसीपमा समेत सहभागिता जनाएका एनआरएन मकाउका सदस्य लोकमानले मकाउमै भएको एसियन च्याम्पियनसीपमा तेस्रो स्थान पाएका हुन् । उनको स्पर्धामा चिन पहिलो र जापान दोस्रो भएका थिए । यसैगरी, चाइनिज ताइपेइ र मकाउले काश्य पदक जितेका थिए ।
८४ किलो भन्दा माथिको तौल समुहमा प्रतिस्पर्धा गर्ने उनले सन् २०१५ मा भएको न्युयोर्क ओपन कराते प्रतियोगितामा पनि काश्य पदक जितेका थिए । उनले सहभागिता जनाएको स्पर्धामा अमेरिका पहिलो तथा घाना दोस्रो भएका थिए । यसैगरी इजिप्ट र मकाउले काश्इ पदक जितेका थिए ।
नौ बर्ष अघि देखि मकाउमा बसोबास गर्न थालेका श्रेष्ठ आठौ दक्षिण एसियाली खेलकुदको समयमा नुवाकोट जिल्लामा कराते प्रशिक्षक थिए । बि.स २०४६ म ाखेल जिवन सुरु गरेका श्रेष्ठले विदेशमा रहेर पनि प्राप्त सफलताले आफूलाई गौरवान्वीत तुल्याएको बताएका छन् ।

Comment