सितापाइलाको सम्मान कार्यक्रम

sitalapilae
नेपाली तेक्वान्दोमा प्रभावकारी रहेको सितापाइला तेक्वान्दो डोजाङले दिपावलीको अबसरमा  शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतीथ्यमा भएको चियापान कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठका साथै र परिषद् सदस्य सचिव केशब विष्ट पनि सम्मानीत भए ।यसैगरी, राखेप सदस्य विरेन्द्र श्रेष्ठ र सैलेस कमार्चार्य पनि सम्मानीत भए ।
यसैगरी, तालीम तथा प्रशिक्षण विभागका उपनिर्देशक तथा बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन बिक, तेक्वान्दो साहयक मुख्य प्रशिक्षक संगीना बैद्य र नबीन श्रेष्ठका साथै उद्धोगी बिमला रिजाल र हरिशरण भेटुवाल पनि सम्मानीत भए ।  सम्मनीत हुने अन्यमा डोजांगका उत्कृष्ट खेलाडी सैलेस रिजाल र आयशा लामा रहेका छन् ।

Comment