बालाजुको खेलाडी सम्मान

dhurbae
बालाजु कराते एकेडेमी डोेले  तीन खेल ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा स्पेनमा भएको अल्ट्रा म्याराथनकी उप विजेता भोजपुरकी मिरा राइ एनआरएन मकाउका अध्यक्ष मकवानपुरका मुकेश कुमार बरुवाल र एनआरएन जापानका महासचिव धादींगका अनुज थापा रहे । प्रमुख अतीथी गृह मन्त्री शक्ति बहादुर बस्नेतले यी तीनलाई सम्मान गरे । सो अबसरमा बोल्दै मन्त्री बस्नेतले यी तीनले खेलकुद र सामाजीक विकासमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
धावीका हुनु अघि बालाजुकी कराते खेलाडी रहेकी मिराले उनले स्पेनमा उपविजेता हुने क्रममा तीन पटककी बिश्व च्याम्पियन नारिया प्लसलाई समेत पछि परेको बालाजु एकेडेमीका प्रमुख ध्रुब विक्रम मल्लले बताए । उनी कार्यक्रममा उपश्थित हुन नसकेको कारण उनको सम्मान पत्र बालाजु एकेडेमीकै कराते खेलाडी अनुपमा मगरले लिएकी थिइन् । मिराले स्पेनका भएको ११० किलो मिटरको सो स्पर्धामा सफलता पाउनु पूर्व हंगकंगमा भएको ५० किलो मिटर दौड तथा फ्रान्समा भएको ८० किलो मिटरको दौडमा पहिलो स्थान पाएकी थिइन् ।
यसैगरी मुकेश बालाजु एकडेमीका स्थापना कालका प्रमुख खेलाडी थिए । अनुज पनि बालाजुकै कराते खेलाडी हुन् । कार्यक्रममा एनआइएस डेपुटी डाइरेक्टर तथा बरिष्ठ कराते प्रशिक्षक महेन्द्र राइ र  कुनै समयका बालाजुकै खेलाडी तथा हाल कर्पोरेट क्षेत्रमा परिचित ब्यक्तित्व किशोर भट्टराइ पनि उपश्थित थिए । बालाजु एकडेमीका सदस्य तथा एकेएफ रेफ्रि छत्र आले, एकेएफ रेप्रि, राम चन्द्र गुरुङ र एकडेमीका कोशाध्यक्ष तथा एकेएफ रेफ्रि नवराज मास्केको पनि उपश्थिती थियो । एसियाड बिमला तामाङले डेमोन्स्ट्रेस  प्रश्ुतत गरेकी  थिइन् । एकेडेमीका सचिव तिरण राज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।

Comment