पारा खेलाडी सिताको सफलता पाइला

sita 3
खेलकुदमा भेदभाव हुनु हुदैन र सबैको समान हक हो भन्ने मान्यताको विकास भएसंगै हरेक खेल महोत्सबको लगत्तै पारा खेलको आयोजनाको प्रचलन सुरु भयो । गत बर्ष कोरियामा भएको एसियाली खेलकुदको लगत्तै भएको एसियाली पारा खेलकुद महोत्सबमा नेपालका तीन खेलाडी सहभगि भए । फाट्फुट्ट खेलमा सहभागि हुने गरेकी सिता भरण्डारी एथलेटिक्सको स्प्रिन्ट स्पर्धामा सहभागि भएकी थिइन् । प्रशिक्षक लीला श्रेष्ठसंग केही महिनाको प्रशिक्षण पछि उनी पारा खेलमा सहभािग हुन सक्षम भएकी थिइन् । तीनैै सिता अहिले सफल पारा खेलाडीको रुपमा देखिएकी छिन् ।
दोलखाकी यी खेलाडी बाल्यकालमै आगोले पोले पछि हात गुमाउन पुगेकी थिइन् । पारा खेलकुदको मोहले  छाएकी यीनी तेक्वान्दोको प्रशिक्षण गनृ थालीन् । नेपाली पारा तेक्वान्दोमा आएको आरोह अबरोहका बाबजुद यीनले कल्याण कुबरसंगको प्रशिक्षणलाई निरन्तरता दिइनै रहिन्  यसैको परिणाम स्वरुप यीनी टर्कीमा भएको बिश्व पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउन सफल भएकी थिइन् ।
उनको खेल जिवनको सबैभन्दा महत्वपूर्ण सफलता भनेको २६ सेप्टेम्बर देखि ३ अक्टोबरसम्म रुषमा भएको इन्टरनेसनल ह्वीलचियर एन्ड एम्पुटिज गेम रह्यो । जहा उनले के ४४ को ५८ किलो तौल समुहमा काश्य पदक जितिन् । उनले पहिलो खेलमा रुषकी अब्दुलोभा सेभिललाई १०–० ले पराजित गरेकी थिइन् ।
नेपाल तेक्वान्दो संघले पारा खेलाडीलाई राष्ट्रिय खेलाडी समान हैसियत दिएकोमा खुसी भएको बताउदै उनी आगामी दिनमा यसै खेल मार्फत आफूलाई परिचित गराउन अझ तल्लीन भएको बताउछिन् । क्रीसमस कार्ड बनाउने पेसा रहेकी यीनी राज्यले पनि पदक विजेता खेलाडीलाई दिइने सुबीधा स्वरुप पारा खेलाडीलाई पनि पूर्ण रुपमा समाबेश गरे अझ उत्साह थपीने बताउछिन् ।

Comment