जिल्लास्तरीय तेक्वान्दो छनौट सम्पन्न

पूर्वाञ्चलमा हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार कास्की जिल्लास्तरीय तेक्वान्दो छनौट प्रतियोगिता शनिबार पोखरामा सम्पन्न भयो। प्रतियोगिताअन्तर्गत पुरुष ५४केजी तौलमुनि यासुदा तेक्वान्दो डोजाङका सुरज माझी, ५८ केजीमुनि अमरसिंह तेक्वान्दो स्कुलका किरण बुढामगर, ६३ केजीमुनि पोखरा तेक्वान्दो डोजाङका समीरबहादुर गुरुङ, ६८ केजीमुनि निरजबहादुर नेपाली, ७४ केजीमुनि लेखनाथ तेक्वान्दो डोजाङका विकास गुरुङ छनौट भएका छन्। यस्तै महिला ४६ केजीमुनि अमरसिंह तेक्वान्दो स्कुलकी ज्योति नेपाली, ४९ केजीमुनि शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका राखी शर्मा, ५३ केजीमुनि पोखरा तेक्वान्दो डोजाङका तारा जिसी, ५७ केजीमुनि शुभकामना तेक्वान्दो डोजाङका शान्ति भण्डारी, ६२ केजीमुनि कालिका तेक्वान्दो स्कुलका उर्मिला विक छनौट भएका छन्। पुरुष पुम्सेतर्फ एकल, पियर र समूहमा विकास गुरुङ, अविक गुरुङ र रोशन रसाइली तथा महिलातर्फ रेकमाया गुरुङ, मिरा गुरुङ र स्नेहा परियार छनौट भएका छन्।राष्ट्रिय प्रतियोगितामा सहभागी हुनको लागि जिल्लाबाट छनौट भएका खेलाडी क्षेत्रीयस्तरमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
महिला पुरुष गरी ५१ ज्नाको सहभागिता रहेको प्रतियोगितामा सुनबहादुर लामा र बलराम लामा मुख्य जुरी तथा ललितबहादुर धामी, कुमार गुरुङ, अरुण माझी, निशान कार्की, लक्ष्मी गुरुङ, गंगा गुरुङ, विकास गुरुङ, विष्णु अधिकारी, मोहन पुन, रेकमाया गुरुङ र सूर्य रानाले सहायक जुरीको भूमिका निर्वाह गरेका थिए।
ओलम्पियन नारायण गुरुङ, कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङ र उपाध्यक्ष राजु श्रेष्ठको उपस्थितिमा भएको प्रतियोगितामा सङ्घमा आवद्ध १९ वटा डोजाङ तथा स्कुलको सहभागिता रहेको थियो।

Comment