नवलपरासीमा तेक्वान्दो छनोट

सातौँ राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि नवलपरासीबाट तेक्वान्दो खेलका खेलाडिहरु छनौट भएका छन । रामनगर भुमहिमा विभिन्न तौल समुहका प्रतिष्प्रर्धिहरु विच प्रतियोगिता आयोजना गरी खेलाडि छनौट गरिएको राष्ट्रिय तेक्वान्दो सँघ नवलपरासीका अध्यक्ष धर्मेन्द्र अग्रहरीले जानकारी दिए ।
छनौट भएका खेलाडिहरुमा पुरुष तर्फ ५४ के जी तौलमा रविन अधिकारी, ५८ के जी मा अजय कुमार रिजाल, ६३ के जी मा सँगम उपाध्याय, ६८ के जी मा प्रेम नेपाली, ७४ के जी मा रिम बहादुर दराइ र ८७ के जी माथीको तौल समुहमा सुरज ढकाल छनौट भएका छन । यस्तै महिला तर्फ ४६ के जी मुनी तौल समुहमा दिना तामाङ्ग, ४९ के जी मा उर्मिला गुरुङ्ग र ५३ के जी मा पार्वती पाण्डे भने पुरुष तर्फ रविन अधिकारी–एकल पुम्सेमा छनोट भए । टिम पुम्से – क्षितिज पाण्डे, रवि अधिकारी,तपन केवत र महिला तर्फ सविना रेग्मी – एकल पुम्से र रविन अधिकारी, सविना रेग्मी – जोडी पुम्से  छनौट भएका छन ।

Comment