फूर्वाले जिते रजत पदक

p4
स्विडेनमा भएको स्टकहोम ओपन कराते प्रतियोगिता– २०१५ मा नेपालका फूर्वासिंह तामाङले रजत पदक जितेका छन् । ३१ अक्टोबरमा सम्पन्न प्रतियोगितामा नेपालबाट फूर्वा र प्रशिक्षकको रुपमा प्रबिन कुमार राना मगर सहभागि थिए । ६० केजी तौलसमूहमा सहभागिता जनाएका फूर्वाले बेलायत, नर्वे र इटालीका खेलाडीलाई पराजित गरेको फूर्वा स्वयंले जनाएका छन् । उनका अनुसार फाइनलमा उनी स्विडेनका खेलाडीसंग पराजित भए ।

Comment