संगिनाको अर्को फड्को

sangina1
ओलम्पियन तथा तेक्वान्दोको पूर्व एसियाली च्याम्पियन संगीना बैद्य तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक भएकी छिन् । नेपाली खेल इतीहासमै खेलाडी र प्रशिक्षकको रुपमा माथिल्लो उचाइ छुने संगीना पहिलो ब्यक्तित्व हुन्  । उनलाई बिहिबार  जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले प्रदान गरे ।
भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा रियो द जेनेरियोमा आयोजना हुने ३१ औं रियो ओलम्पिक प्रतियोगिताको छनोट खेलको पूर्वसन्ध्यामा दिईएको जिम्मेवारी महत्वपूर्ण रहेको छ ।
खेलाडीको रुपमा सन् १९९७ मा भएको एसियन च्याम्पिसीयनमा संगीनाले जितेको स्वर्ण पदक नेपाली खेल इतीहासमै सबैभन्दा महत्वपूर्ण मानीन्छ । बैंकक एसियाडको पूर्व सन्ध्यामा मोटर साइकल दुर्घटनामा परेको कारण सो प्रतियोगिता गुमाएकी उनले कठार परिश्रम गर्दै खेलमा पनुरागमन गरेकी थिइन् ।  प्रशिक्षकको रुपमा विगत आधा दशक भन्दा बढी समय देखि नेपाल आर्मी क्लबले संगीनाकै प्रशिक्षणमा घरेलु प्रतियोगितामा पकड राख्दै आएको छ । राष्ट्रिय टोलीका सदस्य दान बहादुर ऐरी र पछिल्लो समयकी स्टार ज्ञानी चुनाराको स्तरीयतामा संगीनाको बिशेष भुमिका रहेको छ ।
यस अघि नवीन श्रेष्ठ पनि साहयक मुख्य प्रशिक्षक भइसकेका छन् । तेक्वान्दोले दुवै जना कुनै समयको स्टारडम पछि अहिले उत्कृष्टताको होडबाजी गरिरहेका ब्यक्तित्वलाई साहयक मुख्य प्रशिक्षकको रुपमा पाएको छ । नेपालको उत्कृष्ट डोजाङका सञ्चालक नबीन आफ्नो डोजाङलाई प्रतिष्ठानको स्वरुप दिन तल्लीन छन् भने संगीना आफ्नो खेल जिवनको अनुभब साट्दै पछिल्लो पुस्तालाई परिस्कृत बनाउदै छिन् । पछिल्लो पटक जिम्मेवारी पाएका यी दुइ ब्यक्तित्वका कारण   नेपाली तेक्वान्दो गौरवशाली अतीत तर्फ फर्कने अपेक्षा समिक्षकहरुले गरेका छन् ।
नियुक्ति पत्र बुझ्दै बैद्यले राज्य तथा राष्ट्रिय खेलकुद परिषदले आफुलाई बिश्वास गर्दै जुन जिम्मेवारी प्रदान गरेकोछ त्यसले आफुलाई थप जिम्मेवारीको महशुस गरेको र त्यसलाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताईन् ।
कार्यभारको पत्र हस्तारण गर्दै निर्देशक उप्रेती तथा उप निर्देशक अर्जून वि.क.ले बैद्यलाई सफल कार्यकालको शुभ–कामना प्रदान गरेका थिए ।

 

Comment