पुर्व खेलाडी मगर सम्मानित

magar1
तेक्वान्दोका पुर्व खेलाडी सुदर्शन थापा मगरलाई यूनाइटेड तेक्वान्दो डोजाङल, कालिमाटीले बुधबार एक सम्मान ग¥यो ।   मगर एनआरएन, मकाउका पूर्व अध्यक्ष समेत हुन् । उनी सन् २०१० देखि २०१५ सम्म एनआरएन मकाउका अध्यक्षको जिम्मेवारीमा थिए ।
नेपालको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डोेजाङ्ले उनलाई सम्मान गरेको हो । थापा मगरलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य देव अधिकारीले प्रशंसा पत्र प्रदान गर्दै  सम्मान गरे ।
कार्यक्रममा नेपाल तेक्वान्दो सघंका केन्द्रीय सदस्यद्वय नोर्बु लामा तथा बद्री घिमिरे, बर्नहार्ट एमटिआइका स्कुलका प्रिन्सिपल जयराम चापागाईं, स्यूचाटार डोजाङका अध्यक्ष इश्वर विडारी र तेक्वान्दो प्रशिक्षक नेगी लामा तामाङ लगायतको उपस्थीती रहेको थियो । सो अवसरमा पुर्व खेलाडी मगरले खेलकुद क्षेत्र विकासका लागि आफूले सक्दो पहल गर्ने बताए ।
डोजाङले आफ्ना सात खेलाडीलाई पहिलो डानको प्रमाणपत्र प्रदान गरेको प्रमुख प्रशिक्षक कुमार लामा घिसिङले बताए । पहिलो डान प्राप्त गर्ने खेलाडीमा बिमला लामा, पुजन खड्का, प्रविन तामाङ, दक्षिणा शाही ठकुरी, शिवहरी श्रेष्ठ, सुप्रीमा बजगाइँ र सुप्रीम बजगाइँँ रहेको अर्का प्रशिक्षक विकेस बिडारीले जनाए । उनिहरुलाई राखेप सदस्य अधिकारीले डानको प्रमाण पत्र प्रदान गरे । राखेप सदस्य अधिकारीले राज्यले खेलाडीहरुलाई खेल पश्चात विभिन्न सुविधाको ब्यवस्था गर्न सके खेलकुदको विकास सम्भव हुन सक्ने बताए ।

Comment