काठमाडौं तेक्वान्दो छनोट पूरा

ktm taek1
सातौं राष्ट्रिय खेलकुद– २०७२ अन्तर्गत हुने क्षेत्रीय तेक्वान्दो छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाको छनोट प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गेरोगीको पुरुष ५४ केजीमुनि सीतापाइलाका सैलेश गिरी, ५८ केजीमुनि कोटेश्वरका येजल गुरुङ, ६३ केजीमुनि कोटेश्वरका शिव तामाङ, ६८ केजीमुनि रिलायन्सका विनोद बस्नेत, ७३ केजीमुनि राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रका धर्मराज वाइबा, ८० केजीमुनि पशुपतिका विवेक श्रेष्ठ, ८७ केजीमुनि पशुपतिकै अनिल चौधरी तथा ८७ केजीमाथि सीतापाइलाका विरेन खत्री पहिलो हुँदै छनोट भए ।
महिलाको ४६ केजीमुनि विजेश्वरीकी विनिका जोशी, ४९ केजीमुनि सीतापाइलाकी आयुषा लामा, ५३ केजीमुनि विजेश्वरीकी करुणा थापा, ५७ केजीमुनि निलबाराहीकी विमला लामा, ६३ केजीमुनि कोटेश्वरकी प्रियंका काम्ताड, ६८ केजीमुनि बाल उद्धारकी सान्या मगर, ७२ केजीमुनि ढल्कोकी श्यामा गुरुङ तथा ७२ केजीमाथि ब्वाइज युनियनकी प्रियंका चौहानले शीर्ष स्थान हात पार्दै छानिए ।
पुम्सेको एकलतर्फ महिलामा स्युचाटारकी विनिता तामाङ र पुरुषमा राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रका रामचन्द्र गोपाली, टिमको महिलामा बोदीसदनका रञ्जना थापा, सविना भट्टराई र सविना खड्का तथा पुरुषमा स्युचाटारका लछुमन लामा, राम लामा र अस्मित रेग्मी छानोट भए । पेयर पुम्सेमा सिल्भर साइनका रोशन बोहरा र सविना भट्टराई छानिए ।

 

Comment