राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो अर्को महिना

friendship taekwondo
मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ रयुनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ), नेपालच्याप्टरको संयुक्तआयोजनामाप्रथम राष्ट्रियफ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमंसिर ५ गते हुने भएको छ । प्रतियोगिता अमेरिकाको पोर्टल्यान्डस्थितओरेगनमासन् २०१६ को अक्टोबर १४ देखि १५ तारिखसम्महुने ११ औं अन्तर्राष्ट्रियओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) कालागि नेपाली खेलाडीको छनोट गर्न आयोजनागर्न लागिएको आयोजक समितिका संयोजक अष्टबहादुर महर्जनले जनाएका छन् ।
लगनखेलस्थित आर्मी शारीरिक तालिमतथा खेलकुद केन्द्रमा हुने एकदिने प्रतियोगितामा पाँच विकास क्षेत्र, तीन विभागीय टोली त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा आयोजक मैत्री डोजाङका खेलाडीको सहभागिता रहने बताइएको छ । राष्ट्रिय प्रतियोगिता अघि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता पनि हुनेछ ।
पुरुषमा ५४, ५८, ६३, ६८, ७४ र ८० केजीतथा महिलामा ४६, ४९, ५३ र ५७ केजीतौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ३ र महिलामा २ गरी जम्मा ५ खेलाडी पोर्टल्यान्डमा हुने च्याम्पियनसिपकालागि छनोट हुने छन् ।
पुरुषमा ५४ र ५८ केजी, ६३ र ६८ केजी तथा७४ र ८० केजीमा पहिलो हुने दुई खेलाडी बीच ओलम्पिक स्ट्यान्डर्ड अनुसार पुनःप्रतिस्पर्धा हुनेछ । उक्तदुई–दुई तौलसमूहमा पहिलो हुने ३ पुरुष खेलाडीले पोर्टल्यान्डको टिकट पक्का गर्ने छन् । महिलामा पनि सोही अनुसार २ खेलाडी छानिने छन् ।
छनोट भएका खेलाडीकुनै कारणवश पोर्टल्यान्ड जान नपाएको खण्डमा उनीहरुलाई प्रोत्साहन स्वरुप १ लाख रुपैया  पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै विभिन्न तौल समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाईसहित पुरस्कृत गरिने छ ।
प्रतियोगिता अवलोकनका लागि आईओएफटीसीकी महासचिव केरन व्ल्याकलेज अमेरिका तथा बोर्ड डाइरेक्टर राष्ट्र राई लन्डनबाट नेपाल आउने कार्यक्रम रहेको प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जानकारी गराए ।

Comment