आमा समूहद्वारा प्रशिक्षक तामाङ सम्मानित

dam side rajendra1

पोखरा
ड्यामसाइड आमा समूह पोखरा–१७ ले थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई मड्डलबार सम्मान गरेको छ। तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सो अवसरमा मेहनती र परिश्रमी छोरा जन्माउने तामाङकी आमा बुद्धिमाया तामाङलाई पनि सम्मान गरिएको थियो।
आमा समूहका कल्पना श्रेष्ठ, शिव श्रेष्ठ, शिव बराललगायत कार्यक्रममा सहभागीले आमा छोरालाई कोजाग्रत पूर्णिको दिन टीका र जमरा पनि प्रदान गरेका थिए।उनीहरूले क्लबलाई च्याम्पियन बनाएर ड्यामसाइड, पोखरेली खेलप्रेमीको इज्जत र गरिमा बढाएको भन्दै आगामी दिनमा पनि थप सफलताको कामना गरेका थिए।

Comment