मुक्तीका दुइ महत्वपूर्ण उपलब्धी

mukti photo1
सन् २०१५ मा दुई उपलब्धि हासिल गरेका मुक्ती संग्राम विष्टले सो सफलताले आफू गौरवान्वीत भएको बताएका छन् । चितवनमा जन्मीएका विष्ट २०४६ सालमा क्योकुशिन कराते मार्फत खेलकुद क्षेत्रमा प्रबेश गरेका थिए  । उनले यस अघि सन् १९९५ मा काठमाण्डौमा सम्पन्न एशियन गेम अफ क्योकुशिन करातेमा सहभागिता जनाउनुका साथै ईटालीमा आयोजना भएको  वाको विश्व किक बक्सिङ्ग च्याम्पियनसिप– २००२ मा तेस्रो स्थान पाएका थिए । अन्तराष्ट्रिय कराते च्याम्पियनसिप– २००३, अमेरिकामामा पनि तेस्रो भएका मुक्ती  मेरिल्यान्ड युएसए खुला कराते प्रतियोगिता २००३ मा दोश्रो स्थानका साथै उत्कृष्ट फाईटरको उपाधी पाएका थिए ।  सन् २००९ मा अमेरिकामा आयोजित मर्सर अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा पनि उनले पहिलो स्थान हात पारेका थिए ।
यसै क्रममा  अमेरिकाको वाल्टिमोरमा १७ र  १८ अक्टोबरमा भएको ब्याटल अफ बाल्टीमोर बिश्व कराते च्याम्पियनसीप २०१५ मा उनले अडल्ट ओपन ब्रकिंग डिभिजनमा पहिलो स्थान हात पारेका हुन् । साथै उनले   ७० केजी तौल समूहमा सेमि कन्ट्याक्ट कराते डिभिजनमा ट्रिनिडाड एन्ड टोवागो, इक्वेडर र अमेरिकाका खेलाडीहरुलाई पराजित गर्दै प्रथम स्थानका साथ विश्व टाईटल बेल्ट हात पारेका थिए । उनले आफ्नो खेल जिवनमा दाइ  रण संग्राम विष्टको उत्प्ररणाले महत्वपूर्ण काम गरेको बताएका छन् ।

Comment