ड्यामसाइड क्लबद्वारा प्रशिक्षक तामाङलाई सम्मान

rajendra samman 11
आफ्नै प्रशिक्षणमा थ्रीस्टार क्लबलाई रेडबुल ए डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि दिलाउन सफल क्लबका संस्थापक अध्यक्ष राजेन्द्र तामाङलाई ड्यामसाइड क्लब पोखरा–१७ ले एक कार्यक्रमबीच सम्मान ग¥यो।
पोखरा–१७ ड्यामसाइडस्थित क्लबको भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछाने, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपाने, क्लबका पूर्व अध्यक्ष रमेशकुमार गुरुङ, क्लबका अध्यक्ष पदमबहादुर ढकाल, निवर्तमान अध्यक्ष मीनप्रसाद पौडेल, उपाध्यक्ष राजु गुरुङलगायतले माला र अबिर लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराईले राजेन्द्र तामाङको निरन्तर लगाव, मेहनत र परिश्रमले गर्दा क्लबलाई सर्वाधिक धनराशि एक करोडको पुरस्कार जिताउन सफल भएको बताए।
कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष धरमबहादुर लामिछाने र  खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष प्रेमनारायण न्यौपानेले तामाङले क्लबलाई च्याम्पियन बनाएर आफ्नो क्षमता प्रदर्शन गर्न सकेको उल्लेख गरे ।
सम्मानित व्यक्तित्व राजेन्द्र तामाङले टीम सम्हाल्ने जिम्मेबारी दिएर थ्रीस्टार क्लबले महŒवपूर्ण अवसर दिएको र सोही जिम्मेबारीलाई आफूले चुनौतीको रूपमा लिएर च्याम्पियन बनाएको बताए। उनले क्लबलाई च्याम्पियन बनाउन आफ्नो क्षमता, खेलाडीको प्रदर्शन, क्लब परिवारको सहयोग तथा पोखरेली खेलप्रेमीको हौसलाले महŒवपूर्ण सहयोग मिलेको भन्दै आगामी दिनमा पनि यस्ता थुप्रै चुनौतीको सामना गर्न सक्ने हौसला र प्रेरणा मिलेको बताए।तामाङले विगत दुई वर्षदेखि पोखरामा आरटी फुटबल ट्रेनिङ सेन्टर नामक एकेडेमी खोलेर युवा खेलाडीलाई प्रशिक्षक दिँदै आएका छन्। उनकै प्रशिक्षणमा हुर्नेका तीन जना खेलाडीले यु–१४ बाट कोरिया गएर प्रदर्शन गरेर आइसकेका छन्।उनी कास्की जिल्ला फुटबल सङ्घका  प्रशिक्षक पनि हुन्।
क्लबका अध्यक्ष पदमबहादुर ढकालले राजेन्द्र तामाङको सफलताले ड्यामसाइड क्लबको पनि ख्याति बढाएको भन्दै मोफसलको व्यक्तिले पनि राष्ट्रियस्तरको भूमिका निभाउन सक्ने उदाहरण राजेन्द्र भएको दाबी गरे।
सो अवसरमा क्लबका पूर्व अध्यक्ष रमेशकुमार गुरुङले प्रशिक्षक राजेन्द्र तामाङ र प्रेमनारायण न्यौपानेलाई मायाको चिनो प्रदान गरेका थिए।क्लबका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार एवं अधिवक्ता केशवराज बरालले स्वागत मन्तव्य, उपाध्यक्ष राजु गुरुङले मन्तव्य र सचिव रमेश बरालले कार्यक्रम सञ्चालन गरेका थिए।
सोही दिन सेती वारि र पारिका भूपू खेलाडीबीच मैत्रीपूर्ण फुटबल खेल पनि सम्पन्न भयो। दोबिल्लास्थित सहारा एकेडेमीमा सम्पन्न सो खेल दुई–दुई गोलको बराबरीमा सकिएको थियो। सो खेलमा सेतीवारिको तर्फबाट लालकाजी श्रेष्ठ र सूर्यमान गुरुङ तथा सेती पारिको तर्फबाट धनबहादुर गुरुङ र जय थापाले एक–एक गोल गरेका थिए।
सो अवसरमा सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले मोफसलबाट गएर प्रशिक्षकको भूमिका निर्वाह गरी थ्रीस्टार क्लबलाई च्याम्पियन बनाउन सफल भएको र उत्कृष्ट प्रशिक्षक घोषित भएकोमा बधाईसहित खादा लगाएर सम्मान गरेका थिए।अध्यक्ष आचार्यले एकेडेमीलाई निरन्तर सहयोग गर्ने जापानमा बस्दै आएका सहयोगी रमेशकुमार गुरुङलाई पनि खादा लगाएर सम्मान गरेका थिए। सो अवसरमा भूपू खेलाडी रमेशकुमार गुरुङ र अर्जुन गुरुङले १०–१० हजार तथा कार्यक्रम व्यवस्थापनबाट बचत भएको ६ हजार गरी २६ हजार क्लबलाई सहयोगस्वरुप प्रदान गरेका थिए।

Comment