मन्डे र मुकुन्द्र अस्ट्रिया जाने

karate bidai1
मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन कराते वान प्रिमियर लिगमा सहभागी हुन शुक्रबार अस्ट्रियाको साल्सवर्ग प्रस्थान गर्दैछन् । अक्टोबर १७ देखि १८ तारिखसम्म हुने लिगमा मन्डेले एकल काता तथा मुकुन्द्रले ६७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सदस्यद्वय शान्तिसिंह क्षेत्री र शैलेश कर्माचार्यले बिहीबार बिदाइ गरे ।

Comment