भेट्रान कप बुधबारदेखि

चावहिल स्पोर्ट्स क्लबको आयोजनामाप्रथम सेभेन ए साइड भेट्रानकप फुटबल बुधबारदेखि सुरु हुँदैछ ।     विजया दशमीको अवसरमा हुन लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएकाछन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगिताकालागि फास्ट टु ग्रुपका अध्यक्ष भरतबहादुर थापाले १ लाख प्रायोजन गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । शनिबारसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरु चावहिलमा हुनेछ ।
पहिलो दिन यासिर अटोमोबाइल र बाङकोट युथ क्लब तथा क्लब मोसेस र सिन्धु स्पोर्ट्सबीच खेल हुनेछ ।

 

Comment