थ्रीस्टार उपाधिको नजीक

olawale1
थ्रीस्टार क्लब  ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि नजीक पुगेको छ । थ्रीस्टारले मंगलबार भएको खेलमा एपीएफलाई ३–१ ले पराजित ग¥यो । थ्रीस्टारलाई जित दिलाउने क्रममा ओलावालेले दुइ गोल गरे । अर्को गोल विजय गुरुंगले गरे । उपाधि जित्नका लाथि थ्रीस्टारले एमएमसीसंगको अन्तिम खेलमा बराबरी गरे पुग्छ । थ्रीस्टारको ३२ अंक छ । दोस्रो स्थानमा रहेको आर्मीको ३० अंक छ ।
मंगलबारको खेलमा ओलावालेले पाचौ मिनेटमा विक्रम लामासंग समन्वय गर्दै पहिलो गोल गरेका हुन् । २४ औ मिनेटमा प्रत्याक्रमणको क्रममा उनले गोल गरे । ५० औ मिनेटमा एपीएफका कप्तान गणेश लावतीले गोल गरे । ६७ औ मिनेटमा विजयले गोल गरे ।

Comment