लुम्विनीमाथि आर्मीको सहज जित

bharat 111
लुम्विनी फुटबल क्लबमाथि सहज जित दर्ता गर्दै विभागीय त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानमा फर्किएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा लुम्विनीमाथि सहज जित निकाल्दै पुन शीर्षस्थानमा फर्किएको हो । जितसँगै आर्मी १५ खेलबाट ३० अंक पुगेको छ । पराजित लुम्विनीको सबै १६ खेलबाट आठ अंकसहित तालिकाको आठौँ स्थानमा रहेर लिग सकाएको छ ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र टंक बस्नेतले २–२ तथा कप्तान भरत खवासले १ गोल गरे । लुम्विनीविरुद्वको खेलमा २ गोल गरेसँगै नवयुग श्रेष्ठ लिगको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा पुगेको छ । नवयुगको लिगमा १३ गोल पुगेको छ । १२ गोल गरेका झापाका कर्ण लिम्वु दोस्रो स्थानमा छन् ।
चौथो मिनेटमा नै आर्मीले अग्रता लिएको थियो । काउन्टर एटयाकमा नवयुग श्रेष्ठले दिएको पासमा कप्तान भरत खवासले गोलरक्षक दिलीप क्षेत्रीलाई छलाउदै गोल गरेका थिए । तर, त्यस पछि लुम्बीनी लगातार गोलको नजीक पुगे पनि असफल भएको थियो । पहिलो हाफको अन्त्यमा समयतिर ६ यार्डभित्र नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लागेर फर्कियो ।
दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आर्मीले ४ गोल गर्न सफल भयो । दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र टंक बस्नेतले समान २–२ गोल गरे । आर्मीले ६३औँ मिनेटमा अग्रता दोब्बर पा¥यो । दिप लामाको पासमा टंक बस्नेतले सहजै गाल गरे । ७६औँ मिनेटमा दुई डिफेन्डरलाई छलाउदै नवयुग श्रेष्ठले आर्मीका लागि तेस्रो गोल गरे । २ मिनेटपछि नै नवयुग श्रेष्ठले नै दिप लामाले दिएको पासमा सेन्टरलाइनबाट एक्लै बल अघि बढाउदै अर्काे गोल थपे । ८३औँ मिनेटमा भरत खवासको उत्कृष्ट पासमा  टंक बस्नेतले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाए ।
लिगमा अब आर्मीले एक खेलं (पुलिसविरुद्व) खेल्न बाँकी छ ।
खेलपछि विजयी आर्मीका प्रशिक्षक मेघराज केसीले निरन्तर प्रशिक्षणका  कारण आर्मी यहाँसम्म आइपुगेको बताए । ‘१४ महिनादेखि आर्मीले विभिन्न प्रतियोगिताहरु खल्दै निरन्तर प्रशिक्षण गरिरहेको छ । फिटनेस आर्मीको सबैभन्दा बलिया पक्ष हो ।’ प्रशिक्षक केसीले भने ।
लिग अन्र्तगत मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुनेछ । खेल दिउँसो साँढे २ बजेपछि एन्फा कम्प्लेक्समा हुनेछ ।

Comment