उपाधि होड त्रिपक्षीय

ravi_paswan_14445655901
यस बर्षको ए डिभिजन लिग फुटबलमा एपीएफको उपाधि जित्ने सम्भावनाको अन्त्य भएको छ । आइतबार भएको खेलमा सुदुर पश्चिमले एपीएफलाई ५–३ ले पराजित ग¥यो । अर्को खेलमा एमएमसीले मोरंगलाई ७–१ ले पराजित गरे पछि उपाधि होड त्रीपक्षिय हुने सम्भावना बढेको छ । विजयी एमएमसी २८ अंक सहित दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा रहेको थ्रीस्टारको २९ तथा तेस्रो स्थानमा रहेको आर्मीको २७ अंक छ ।
एमएमसीलाई जित दिलाउने क्रममा रबि पासवानले ह्याट्रिक गरे । उनले ३९ औ, ६९ औ र ८१ औ मिनेटमा गोल  गरे । रुपेस केसीको स्थानमा दोस्रो हाफमा मैदानमा प्रबेश गरेका आशिष लामाले दुइ गोल गरे । सुबास गुरुंग र सुसील केसीले थप गोल गरे ।
सुदुर पश्चिमलाई जित दिलाउने क्रममा १५ औ मिनेटमा कमल थापाले टोलीलाई अग्रता दिलाएका थिए । बिमल घर्ती मगर हेमन थापा, जनोम मानल लिगल र सुनील बलले गोल गरे । एपीएफका लागि रञ्जन विष्टले दुइ तथा सुदिप सिंखकारले एक गोल गरे ।

Comment