तेक्वान्दो संघको आपत्ति
Manoj Shiama
12 October, 2015 10:43 am
राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो खेलका जिल्ला तथा क्षेत्रीय छनोट आफैले गर्ने निर्णय गरे पछि नेपाल तेक्वान्दो संघले यो निर्णय फीर्ता गरी संघको मातहतमै प्रतियोगिता हुनु पर्ने माग गरेको छ । संघ अध्यक्ष प्रकास समसेर राणाले आइतबार राष्ट्रिय खेलकुद परिषद् समक्ष ज्ञापनपत्र प्रश्तुत गर्दै विगत देखि हालसम्म तेक्वान्दो खेलले दिलाएको उपलब्धीलाई समेत नजरअन्दाज गरिएको जनाइएको छ । तेक्वान्दो नेपालमा सबैभन्दा सफल खेलको रुपमा रहेको छ ।