थ्रीस्टारको अग्रता

nirazan1e
ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले अग्रता  कायम गरेको छ । शनीबार भएको खेलमा जगजीत श्रेष्ठको गोलमा झापालाई थ्रीस्टारले १–० ले पराजित ग¥यो ।  थ्रीस्टारको २९ अंक छ । दोस्रो स्थानमा रहेको आर्मीको २७ अंक छ । तेस्रो स्थानमा रहेको एएमसी एक खेल कम खेल्दै २५ अंक लिएर बसेको छ । थ्रीस्टारले अन्तिम दुइ खेल एपीएफ र एमएमसीसंग खेल्ने छ । शनीबारको खेलमा निराजन खड्का म्यान अफ द म्याच घोषित भए ।

Comment