तार्केश्वरको विजयी सुरुआत

tapai hamro football1
तार्केश्वर युवा क्लबले तपाईं हाम्रो दोश्रो फुटबल च्यालेन्ज कपमा शुक्रबार विजयी सुरुआत गरेको छ ।नैकाप फुटबल मैदानमा भएको उद्घाटन खेलमा तार्केश्वरले भीमसेन युवा क्लब ‘ए’ लाई ३–० गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि सन्तोष खत्री, विप्लप शाह र राजन नेपालले १–१ गोल गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल र स्पोर्ट्स फर अल क्लब नेपालका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीको पूर्व गोलरक्षक लोकबहादुर शाहीले संयुक्त उद्घाटन गरे । नकआउट प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सुन्दर थापाले जनाएका छन् ।
विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् । सेमिफाइनलमा रोकिने दुई टिमलाई समान १५–१५ हजार नगद प्रदान गरिने छ ।

Comment