लावतीको ह्याट्रिकमा एपीएफको जित

lawati1
गणेश लावतीको ह्याट्रिकको सहयोगमा एपीएफले राष्ट्रिय लिगको बिहिबार भएको खेलमा लुमबीनी फटबल क्लबलाई ५–१ ले पराजित  गरेको छ । जितसंगै एपीएफको उपाधि सम्भावना जिवित नै रहेको छ । चौथो मिनेटमा गणेश लावतीलाई गोलको अबसर सृजना गर्ने श्याम नेपालीलले सातौ मिनेटमा आफैले गोल गरेका थिए । सुरज हमालले ३७ औ मिनेटमा गोल गर्दै सुरज हमालले गोल गर्दै लुम्बीनीलाई खेलमा फर्काउने प्रयास गरे पनि पूवाद्धृको एन्जुरीमा लावतीले गोल थपे । ५६ औ मिनेटमा श्यामकै पासमा लावतीले गोल गरे भने ८० औ मिनेटमा सन्तोष श्रेष्ठले गोल गरे ।
अंक तालीकामा १३ खेल खेलेका थ्रीस्टारको २६, एमएमसीको २५, आर्मीको २४ तथा एपीएफको २३ अंक छ । १४ खेल खेलेको झापाको १४ अंक छ ।

Comment