साम्तेन डोजोको ग्रेडिङ

grading1
साम्तेन डोजोको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा बुधबार ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ४५ खेलाडीको सहभागिता रहेको प्रशिक्षक प्रनिल लामाले जनाएका छन् । ग्रेडिङ प्रशिक्षक कृष्ण मोक्तानले सञ्चालन गरेका थिए ।
सहभागी मध्ये ५ जना ग्रिनबाट पर्पल, १५ जना हाफ ग्रिनबाट फुल ग्रिन, १० जना हाफ ओरेन्जबाट फुल ओरेन्ज तथा १५ जना ह्वाइटबाट हाफ ओरेन्जमा पदोन्नती भएका छन् ।
ग्रेडिङको समापनका अवसरमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई (बद्री) तथा आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता विजय लामालाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रधानाध्यापक शक्ति नेपाल र व्यवस्थापन समितिका अध्यक्ष निम्तो शेर्पाले प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

Comment