मनाङ मस्र्याङ्दी उपाधि होडमा

bishal 1

एक गोलले पछि परेको स्थिति उल्ट्याउदै  लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले रेडबुल रािष्ट्रय लिगमा महत्वपुर्ण जित हात पार्दै तीन अंक बटुलेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा भएको खेलमा उपाधिको दावेदार मनाङले अर्काे उपाधिको दावेदार झापा–११ माथि ३–२ को महत्वपूर्ण जित हात पारेको हो । मनाङको जितमा कप्तान अनिल गुरुङले पाँच मिनेट थपिएको अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित दिलाए ।
मनाङको जितमा विशाल राईले २ गोल गरे । पराजित भाफाका लागि कर्ण लिम्वु र योगेश गुरुङले १–१ गोल गरे । झापाविरुद्वको महत्वपूर्ण जितसँगै दोस्रो स्थानमा उक्लदै मनाङ उपाधि होडमा फर्किएको छ । एक गोलको अग्रता जोगउन नसक्दा मनाङसँग पराजित भएपछि झापाको उपाधि सम्भावना निकै न्युन बनेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने झापाले लिएको थियो । १९औँ मिनेटमा कर्ण लिम्ुबको गोलबाट अग्रता लिएको थियो । दिनेश कार्कीको क्रसबललाई मनाङका डिफेन्र मोउसाले क्लियर गर्न नसकेको बलमा कर्ण लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा झापाले अरु कुनै राम्रो मुभ बनाउन सकेन । त्यसभन्दा अघि मनाङका दिपक राईले पहिलो मिनेटमा नै गोलको सुन्दर मौका गुमाएको थियो । डिएरिया नजिकै अनिल गुरुङको ब्याक पासमा दिपकको प्रहार झापाका गोलरक्षक दिनेश थापाले पञ्च गर्दै फालेका थिए । नवौँ मिनेटमा विशाल राईको कर्नरमा मोउसाको हेड पोलमा लागेर फर्कदा मनाङका दर्शक चुकचुकाएको थियो । १७औँ मिनेट मनाङले गोलको अर्काे सुन्दर मौका खेर फालेको थियो । मोउसाले झापाको कर्नरलाइनबाट पाँच डिफेन्डरलाई छलाउदै गरेको प्रहार बाहिरिएको थियो । एक गोलले पछि परेपछि दोस्रो हाफको सुरुआतमै मनाङले बराबरी गर्ने मौका खेर फाल्यो । दिपक राईको क्रसमा कसैको निगरानीमा नरहेका सुवास गुरुङको फ्रि हेड आकासिएको थियो । ५८औँ मिनेटमा मनाङले बराबरी गोल फर्कायो । दायाँ साइडबाट रवि पासवानको क्रस  बलमा दिपक राईले उत्कृष्ट रुपमा दिएको पासमा हुलमुलमा विशाल राइृले मनाङका लागि बराबरी गोल गरे । त्यसअघि झापाका दिनेश कार्की र गणेश खड्काले गोलको दुई सुन्दर मौका खेर फालेका थिए । ७० औँ मिनेटमा नै विशाल राईको व्यक्तिगत दोस्रो गोलमा मनाङले खेलमा अग्रता बनायो । अनिल गुरुङको डि एरियाभित्र निकालि दिएको पासमा विशालले कुनै पनि गल्ती नगर्दै सहज गोल गरेको थिए । खेलमा पछि परेपछि केही आक्रामक खेल खेलको झापाले अन्तिम १० मिनेट बल नियन्त्रणमा राख्दै खेल सकिन ६ मिनेट बाँकी रहँदा बराबरी गोल फर्कायो । सेन्टर लाइनबाट एक्लै अघि बढाएको बलमा करिव ३५ यार्ड टाढाको योगेश गुरुङको प्रहार सिधै गोलमा परिणत भएको थियो । योगशको प्रहार मनाङका गोलरक्षक दिपेश यादवले रोक्नै कुनै मौका नै पाएन । बराबरीतर्फ धकेलिएको खेलमा अन्तिम समयमा विराज महर्जनले क्लियर गरेको बलमा झापाका गोलरक्षक दिनेश थापा अघि बढेको अवस्थामा कप्तान अनिल गुरुङले गोल गर्दै टोलीलाई जिताए । हासँगै झापा २४ अंकसहित चौथो स्थानमा झरेको छ ।
लिग अन्र्तगत बिहिबार सशस्त्र प्रहरीको एपिएफ क्लब र जगदम्भा लुम्विनी क्लबबीच दिउँसो साँढे दुई बजेपछि एन्फा कम्प्लेक्समा खेल हुनेछ ।

Comment