टेबलटेनिस टोली फर्कियो

tt bidai1
थाइल्यान्डको पटायामा भएको २२ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी भइ नेपाली टोली स्वदेश फर्किएको छ । सेप्टम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म भएको प्रतियोगिताको पुरुष सिंगल्समा दीप साउनले यमनका महाकेरी ताहालाई पहिलो चरणमा ११–६, ६–११, ११–८, ७–११, ११–३, ९–११ र ११–८ को सेटमा पराजित गरेका थिए । दोश्रो चरणमा दीप विश्व वरीयतामा १५ औं स्थानमा रहेका सिंगापुरका गाओ निङसंग ८–११, ३–११, ४–११ र ९–११ ले हारे ।
त्यसबाहेक टिम इभेन्टको पुरुष र महिलामा नेपाली टोलीले एक–एक खेल जितेको थियो । नेपालले पुरुषमा तुर्कमिनिस्तान र महिलामा बंगलादेशलाई पन्छाएका थिए ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले यो नतिजाले नेपाली टेबलटेनिसलाई उत्साहित तुल्याएको बताउदै आसन्न सागको तयारीमा उर्जा थप्ने विश्वास व्यक्त गरे ।

Comment