पारा तेक्वान्दो टोली फर्कियो

para team11
इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी भई नेपाली पारा तेक्वान्दो टोली सोमबार स्वदेश फर्किएको छ ।     रुसको सोचीमा सेप्टेम्बर २६ देखि अक्टोबर ३ तारिख सम्म भएको प्रतियोगितामा नेपाल बाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला तर्फ सीता भण्डारी र रन्जना धामीले समान १–१ कांस्य पदक जिते । के–४४ विधा अन्तर्गत सिताले ५८ के.जी तौल समुह र रञ्जनाले ४९ के.जी तौलमा कास्य पदक जितेका हुन् ।
सिताले पहिलो खेलमा रुसी खेलाडी अब्दुलोभा सेभीललाई १०–० ले पराजित गर्दै काश्य पदक पक्का गरेकी थिइन् । त्यससगैँ सेमिफाइन यात्रा तय गरेकी सिता रुसकै खेलाडीसगँ पराजित हुन पुगीन् । उनि राम्जानोभा एयसातसंग पराजित भएसगैँ फाइनलमा पुग्ने अवसरबाट वन्चित भएकी थिइन् ।
यसैगरी, वाइ पाएर सेमिफाइनल प्रबेश गरेकी रञ्जना सेमिफाइनलमा रुसकै खेलाडीसंग पराजित भइन् । यसअघि विश्व पारा तेक्वान्दोको च्याम्पियनसीपमा नेपालका यादव कुवँरले रसियामा भएको चौथो विश्व पारा तेक्वान्दोमा पहिलो पदक कास्य पदक जितेका थिए । दोस्रो सहभागितामा अन्तर्गत स्वीट्जरल्याण्डमा भएको पाचौँ विश्व पारा तेक्वान्दोमा पनि यादवले रजत हात पार्दै लगातार दोस्रो पटक पदक जितेका थिए । त्यसपछिका सस्करणमा भने उनको विधा डब्लूटिएफले समावेश नगरेको कारण सहभागिता हुन पाएनन्
नेपालको तर्फबाट पुरुषमा सहभागी खेलाडी अमित थापा र चिन्ता बहादुर कुँवर पदक विहीन रहे । चारै खेलाडीले के ४४ समूहमा प्रतिस्पर्धा गरेका थिए । टिम प्रशिक्षकमा मीन थापा थिए भने टोली ब्यवस्थापकमा नेपाल तेक्वान्दो सघंका केन्द्रीय सदस्य कासिम मिया थिए । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा,कोषाध्यक्ष भिम ओली,चौथो र पाँचौं विश्व पारा तेक्वान्दोका पदकधारी यादव कुँवर ,तेक्वान्दो प्रशिक्षक कल्याण कुवँर,कुमार घिसिङ र  रोमी गीरी लगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Comment