राष्ट्रिय रेफ्री रिफ्रेसर कोर्स सुरु

rajkumar1
राष्ट्रिय तेक्वान्दो संघ– नेपालको आयोजनामा दोश्रो राष्ट्रिय ग्यारोगी रेफ्री रिफ्रेसर कोर्स आइतबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।     सातौं राष्ट्रिय खेलकुदको प्राविधिक तयारीका लागि कोर्स सञ्चालन गरिएको आयोजक संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । कार्कीका अनुसार विभिन्न ४७ जिल्लाका २ सयको सहभागिता रहेको छ । ब्ल्याकवेल्ट दोश्रो डान तथा १६ वर्ष नाघेकाले मात्र यो कोर्समा सहभागिता जनाउन पाउने छन् ।
तीनदिनसम्म चल्ने कोर्स कोरियाली ग्रान्ड मास्टर क्वान योङ दलले सञ्चालन गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले कोर्सको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सदस्य–सचिव विष्टले तेक्वान्दोमा आएको विभाजनका कारण पूरानो गौरवलाई जोगउन हम्मेहम्मे परिरहेको धारणा व्यक्त गरे ।

Comment