थ्रीस्टार शिर्ष स्थानमा ,नवयुगको अर्को ह्याट्रिक

jaggu1
थ्रीस्टार क्लब ए डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालीकामा शिर्ष स्थानमा उक्लेको छ  । शिर्ष स्थानमा उक्लनेक्रममा थ्रीस्टारले आइतबार भएको खेलमा लुम्बीनी फुटबल क्लबलाई ५–० ले पराजित ग¥यो । नेपाल आर्मी क्लब दोस्रो स्थानमा उक्लेको छ । आर्मीले आइतबार भएको खेलमा मोरंगलाइ ७–० ले पराजित ग¥यो । एकपक्षिय खेलमा भरत खवासले चौथो मिनेटमा अग्रता दिलाएका थिए । २३ औ मिनेटमा अमृतबस्नेतबाट प्रतिस्थापन हुनु अघि भरतले १८ औ मिनेटमा अर्को गोल गरे । यस सत्रको लिगमा छाएका नवयुग श्रेष्ठले ह्याट्रिक गरे । उनले ४९ औ, ५६ औ र ८९ औ मिनेटमा गोल गरे । टेक बहादुर बुढथोकीले ४० औ र ५९ औ मिनेटमा गोल गरे ।
अर्को खेलमा थ्रीस्टारलाई फराकिलो जित दिलाउने क्रममा ओलावाले अफीज र जगजीत श्रेष्ठले दुइ÷दुइ गोल गरे । २९ औ मिनेटमा ओलावालेले गोल गरेको खेलमा ३६ औ मिनेटमा अमर डंगोलले थप गोल गरे । जगजीतले ५८औ तथा ७७ औ मिनेटमा गोल गरे । ६१ औ मिनेटमा ओलावालले गोल गरे ।
अंक तालीका १३ खेल खेलेको थ्रीस्टारको २६ अंक छ भने आर्मी र झापा ११ को २४ अंक छ । चौथो स्थानमा रहेको एपीएफको ११ खेलबाट २० अंक छ ।

Comment