रोजबर्ड टिम च्याम्पियन

roaebud1
रोजबर्डले प्रथम नेकोस उपत्यकाव्यापी आमन्त्रण विद्यालयस्तरीय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । रोजबर्डले ५ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय उसु संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण जितेको इन्टरनेसनल पिस एकेडेमी दोश्रो भयो । तेश्रो भएको कुमुडिनी कुञ्ज स्कुलले २ स्वर्ण, २ रजत र १ कांस्य हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको एकदिने प्रतियोगितामा थाउलोतर्फ ८५ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment