बिश्व पारा तेक्वान्दोमा नेपाललाई दुइ काश्य

sita bhandari11

रुषको सोचीमा जारी पाचौ बिश्व आइडब्लुएएस पारा तेक्वान्दो च्याम्पियनसीपमा नेपालका सिता भण्डारी र रञ्जना धामीले काश्य पदक जितेका छन् । सिताले पहिलो खेलमा रुषी खेलाडी अब्दुलीभालाई १०–० ले पराजित गर्दै काश्य पदक पक्का गरेकी हुन् । उनी सेमिफाइनलमै रुषकी राम्जानभोसंग पराजित भएकी थिइन् । यसैगरी, वाइ पाएर सेमिफाइनल प्रबेश गरेकी रञ्जना सेमिफाइनलमा  रुषकै खेलाडीसंग पराजित भएकी हुन् । पदक विजेता दुवै खेलाडी हाल इसीडीसी तेक्वान्दो डोजांगमा आबद्ध छन् । पारा तेक्वान्दोको बिश्व च्याम्पियनसीपमा नेपालले तेस्रो सस्करण देखि लगातार पदक जित्दै आएको थियो ।दुइ खेलाडी इसिडीसी डोजांगमा प्रशिक्षण गर्दै आएका थिए ।

Comment