एपीएफको फराकिलो जित

top1
राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० ले पराजित ग¥यो । एपीएफका टोप बहादुर बिष्टले दुइ गोल गरे । अर्को गोल कप्तान गणेश लावतीले गरे । १० औ मिनटमा  टोपले हेमन गुरुंगसंग राम्रो समन्वय गर्दै गोल गरेका थिए । ४७ औ मिनेटमा टोपले जांगबु शेर्पाको सहयोगमा गोल गरे । ७७ औ मिनेटमा लावतीले गोल गरे ।
जित पछि एपीएफ २० अंक सहित चौथो स्थानमा उक्लेको छ । टोलीका प्रशिक्षक कृष्ण थापाले उपाधिको सम्भावना अझै जिवित रहेको बताए । एपएफले ११ खेल मात्र खेलेको छ । शिर्ष स्थानको झापाले १३ खेलमा २४ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको थ्रीस्टारले १२ खेलबाट २३ तथा आर्मीको २१ अंक छ ।

 

Comment