किरात खेलकुद संघको साहीत्यीक चासो

kirat photo
किरात राइ खेलकुद संघ पछिल्लो समय सामाजीक रुपले पनि सक्रिय रह्यो । भुकम्प पछि नेपालीको जनजिवन ब्यबसिथत गर्ने सवालमा अन्य खेलकर्मी झै किरात राइ खेलकुद संघमा आबद्ध खेलकर्मी पनि सक्रिय रहे । उनीहरुको भुमिका अत्यन्त सहनीय रहेको थियो । किरात खेलकुद संघको प्रयास यत्तिमा सिमित रहेन । खेलाडी कल्याणको निमित्त कल्याण कोष स्थापनामा पनि उत्तिकै सक्रिय रहेको थियो । पछिल्लो समय यो संघ साहीत्यीक सवालमा पनि चासो देखाउन थाल्यो । यसै संघले गत साता कवी दिपा एवाइ राइको एकल कबीतावाचन कार्यक्रमको प्रायोजना गरेको थियो । मण्डला थीएटारमा साहीत्यकारका साथै खेलकर्मीको पनि उपश्थिती थियो ।
संघ अध्यक्ष महेन्द्र राइकै अनुसार खेलकुद। साहीत्य र संस्कृती सम्बन्धीत विषय हुन् । यस कारण किरात खेलकुद संघले यी सबै क्षेत्रमा चासो दिएको हो । यो संघको विविध क्षेत्र मध्य खेलाडी कल्याण कोष भने उपलब्धी मुलक हुने धेरैले अपेक्षा गरेका छन् ।

Comment