जर्मन गोजुकाइको आर्थिक सहयोग

asmita sahayog1
जेकेएफगोजुकाइ÷केन्बुकान फेडेरेसन जर्मनले भूकम्पपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफगोजुकाइ÷केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
जर्मन संघकाअध्यक्ष स्टानको कुमरलेअसोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय, नुवाकोटलाई ५ सय युरो, बौद्धमा आश्रय लिइरहेको सिन्धुपाल्चोकका पीडितलाई ५ सय युरो र लम्जुङ डोजोलाई ४ सय युरो प्रदान गरे ।  असोज १२ गते सिन्धुपाल्चोक डोजो मार्फत पीडित बालवालिकालाई १ सय थान स्कुलव्याग, असोज १३ गते केन्द्रीय डोजो मर्मत सम्भारका लागि ३ हजार ५ ५ सय युरो, नयाँबजार डोजोलाई ४ सय युरो, अनामनगर डोजोलाई ४ सय युरो, सिन्धुपाल्चोक डोजोलाई २ सय युरो, भूकम्पबाट आफन्त गुएमाएका संघसंग सम्बद्ध ७ खेलाडीलाई १ सयका दरले ७ सय युरो तथा श्री शिव प्राथमिक विद्यालय, पर्वतलाई ५ सय यरो हस्तान्तरण गरिएको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइयो । शिव विद्यालयलाई विकास गुरुङले छुट्टै ३ सय युरो प्रदान गरेको बताइएको छ ।

Comment