नवयुगको गोलमा आर्मीको जित

army win
नेपाल आर्मी क्लब रेडबुल ए डिभिजन लिगको उपाधि यात्रामा फर्कीएको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले हराए पछि आर्मी उपाधि होडमा यथाबत रहेको हो ।  जित पछि आर्मी क्लब अंक तालीकाको  तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको झापा–११ भन्दा आर्मी चार तथा मनाङ पाँचअंकले पछि छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा आर्मीका लागि १८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । भरत खवासको प्रहारलाईगोलरक्षकले पन्च गरेर बाहिर पठाएको बललाई अनमार्क रहेका नवयुगले सोझै गोलको दिशा देखाएका थिए। जितसँगै लिगमा आर्मीले ११  खेलबाट २० अंक जोडेको छ । १३ खेलबाट २४ अंकका साथ झापा–११लिगको शीर्ष स्थानमा कायमै रहँदा ११ खेलबाट २२ अंकको साथ थ्रीस्टार क्लब दोस्रो स्थानमा छ । आर्मीसँग पराजितमनाङ समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा झरेको छ ।
पुलिसको फराकिलो हार
राष्ट्रिय लिग फुटबल अन्तर्गतनै मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिम फुटबल क्लब कैलालीले विभागीय टोलि नेपाल पुलिस क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । एन्फा एकेडमीका यु–१९ टोलीका खेलाडीले भरिएको सुदूरपश्चिमले विभागीय टोली पुलिसलाई ४–१ ले स्तब्ध बनाएको हो । सुदुरलाई विजयी गराउन अनन्त तामाङ, शिव सुवेदी, विमल घर्तीमगर र तेज तामाङले एक–एक गोल गरे । पुलिसकालागि एक मात्र गोल जुमानु राइले गरे । पहिलो रोजाइका खेलाडीबिना मैदानमा ओर्लिएको पुलिस सुदुरसँगको खेलमा सबै पक्षमा कमजोर देखिएको थियो । सुदुरका विमल घर्तीमगर एक्लैले गोलका पाँच सुन्दर मौका खेर फालेका थिए ।
जितसंगै १४ खेलबाट १७ अंक जोडेको सदुर अंकतालिकाको छैटौं स्थानमा छ । पराजित पुलिस १२ खेलबाट १४ अंकजोड्दै सातौं स्थानमा छ ।

Comment