नेपाल टिम इभेन्टमा विजयी

tt bidai1
थाइल्यान्डको पटायामा भइरहेको २२ औं एसियाली टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा नेपालले जित हात पारेको छ । नेपाल पुरुष र महिलाको दुवै टिम इभेन्टमा विजयी भएको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।
पुरुषमा नेपालले तुर्कमिनिस्तानलाई ३–० ले पराजित ग¥यो । सिंगल्समा पुरुषोत्तम वज्राचार्यले अहमद रसिदलाई ३–२, दीप साउनले कुज्मुन्कोलाई ३–१ तथा शिवसुन्दर गोथेले याकोब डेभिललाई ३–० ले पराजित गरे ।
महिलामा नेपालले बंगलादेशलाई ३–१ ले हरायो । सिंगल्समा रविना महर्जनले आलम मौनितालाई ३–० ले हराइन् भने स्वेच्छा नेम्वाङले अक्तर रहिमालाई पनि ३–० कै नतिजामा पाखा लगाइन् । सेलिशा खड्गी मिनारा समेनसंग २–३ ले पछि परिन् । स्वेच्छाले मौनितालाई ३–० पन्छाएपछि नेपालले ३–१ को जित दर्ता ग¥यो ।

Comment