झापाको अग्रता कायम

kiran three star1
झापा ११ ले ए डिभिजन लिग फुटबल प्रतियोगितामा अग्रता कायम गरेको छ । घरेलु भुमिमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराउदै झापाले अग्रता कायम गरेको हो । अर्को खेलमा थ्रीस्टार क्लब सुदुर पश्चिमलाई १–० ले हराउदै उपाधि होडमै रहेको छ । झापाका लागि दुवै गोल कर्ण लीम्बुले गरे । ४१ औ मिनेटमा पहिलो गोल गरेका कर्णले ८२ औ मिनेटमा अर्को गोल गरे ।
थ्रीस्टारलाई जित दिलाउने क्रममा ओलादिपो ओलावालेले गोल गरे । लिगमा १३ खेल खेलेको झापाको २४ तथा ११ खेल खेलेको थ्रीस्टारको १० अंक छ । १० खेल खेलेको मनांगको १९ तथा आर्मीको १७ अंक छ ।

Comment