अन्तराष्ट्रिय कराते मंसिरमा

2
सुदुरपश्चिमाञ्चल गोजुरियो कराते डो  संघकोे आयोजनामा ३ देखि ५ मंसिरसम्म धनगढीको सुदुर पश्चिमाञ्चल क्षेत्रीय रंगशालामा “सातौ खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगितो  ˝ हुने भएको छ । नयाँ शक्ति नेपाल ( सीएएनसी) प्रतियोगिताको मुख्य प्रायोजक रहेको  प्रतियोगितामा ३ सय नेपाली सहित ८ सय जना सहभागि हुने अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, अफगानीस्तान, बगलादेश र भुटानको सहभागिता निश्चित भइसकेको छ आयोजक कमिटीका सचिव प्रकास चन्दले बताए ।  प्रतियोगिताको उद्घाटन नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक  घनश्याम चौलागाइले गर्ने छन् ।
बि.स २०६२ देखि हुदै आएको यस प्रतियोगिताको उद्धेश्य पर्यटकीय विकास र खेलकुदको माध्यमबाट सुदुर पश्चिमाञ्चललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने रहेको आयोजक कमिटीका प्रमुख नारद मुनी रानाले बताए । १८ लाख ५० हजार रुपैया लागत रहेको प्रतियोगिता सञ्चालनका लागि सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघका  अध्यक्ष नारद मुनी रानाको संयोजकत्वमा मुल आयोजक कमिटी गठन गरिएको हो । आइतबार नै प्रायोजक नयाँ शक्ति नेपाल र आयोजकका विचमा सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौता अनुसार आयोजकले ८ लाख रुपैया पाउने चन्दले बताए । खेलकुद विकासका लागि आफ्नो सस्थाको अभियान महत्वपूर्ण हुने प्रयोजक सस्थाका कमल श्रेष्ठले बताए ।

Comment