इसिडिसिका साजन र विजेश्वरीकी करुणा उत्कृष्ट

संकटा तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रथम काठमाडौँ जिल्लाव्यापि तेक्वान्दो प्रतियोगितामा शानिबार बनहार्ट तेक्वान्दो डोजाङले टिम च्याम्पियनको उपाधि उचालेको छ । बनहार्टले पाचँ स्वर्ण र एक कास्यका साथ उपाधि उचालेको हो ।
त्यस्तै २ स्वर्ण र ४ रजतका साथ कोटेश्वर तेक्वानदो दोस्रो तथा २ स्वर्ण,३ रजत र एक कास्य हात पारेको इचङ्गू तेक्वान्दो डोजाङ तेस्रो भए । चौथो स्थानमा रहेको इसिडिसि तेक्वान्दो डोजाङले एक स्वर्ण,एक रजत र एक कास्य हात पा¥यो । इसिसिडीकै ६३ के.जी तौल समुहमा स्वर्ण जितेका साजन महर्जन पुरुषतर्फ उत्कृष्ट खेलाडी चुनिए । महिला तर्फ भने विजेश्वरीकी करुणा थापा उत्कृष्ट खेलाडी भइन् ।
दूईदिन सम्म चलेको उक्त प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथी सभासद ध्यान गोविन्द रजिंत,विशेष अतिथी सभासद नरेन्द्र शाह र क्लबका अध्यक्ष इन्द्रमान तुलाधर लगायतले पुरस्कृत गरे । कुल ५ लाख ५० हजार बजेट रहेको प्रतियोगितामा प्रथम  टिमले १५ हजार,दोस्रोले १० हजार र तेस्रोले ५ हजार तथा ट्रफि प्राप्त गरे ।

Comment