झापासंग आर्मीको हार

यस सत्रको ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपालल आर्मी क्लबले पहिलो हारको सामना गरेको छ । शुक्रबार भएको खेलमा आर्मी क्लब झापा ११ संग २–१ ले पराजित भयो । तेस्रो मिनेटका कर्ण लिम्बुको पेनाल्टी गोलमा अग्रता लिएको झापाका लागि १४ औ मिनेटमा कर्णले नै अर्को गोल गरे ९० औ मिनेटमा आर्मीका जितेन्द्र कार्कीले हेड गोल गरे । लिगमा १२ खेलमा २१ अंक जोड्दै झापा शिर्ष स्थानमा छ । यसैगरी, दुइ खेल कम खेलेका थ्रीस्टार १९ र आर्मी १७ अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । नौ खेल खेलेको एएमसी र १२ खेल खेलेको सुदुर पश्चिमको १४ अंक छ । १० खेल खेलेको पुलिसको १२ तथा १२ खेल खेलेको लुम्बीनीको ८ अंक छ । १२ खेल खेलेको मोरंगको ६ अंक छ ।

Comment