घरेलु लिगमा सन्तोषको १ सय १ गोल

santosh sahukhala2
घरेलु लिगमा थ्रीस्टार क्लबका स्ट्राइकर सन्तोष साहुखलले लिगमा १०० गोलको कोसेढुङ्गा पार गरेका छन् । रेडबुल राष्ट्रिय लिग अन्र्तगत मोरङ फुटबल क्लब विरुद्वको खेलमा ह्याट्रिक पुरा गरेपछि साहुखलले घरेलु लिगमा १०१ गोल गरेका हुन् । साहुखलले वि.स.२०६० मा घरेलु लिगमा डेब्यु गरेका थिए । साहुखलले एपीएफ र मनाङबाट एक–एक सिजन र बाँकी सिजन थ्रीस्टारबाट घरेलु लिग खेलेका थिए ।

Comment