टेबलटेनिस टोली थाइल्यान्ड जाने

tt bidai1

नेपाली टेबलटेनिस टोली २२ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ ।आठ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा बिहीबार बिदाइ गरे ।
सेप्टम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ दीप साउन, पुरुषोत्तम वज्राचार्य, अमरलाल मल्ल र शिवसुन्दर गोथे रहेका छन् । महिलामा रविना महर्जन, स्वेच्छा नेम्वाङ, सेलिशा खड्गी र एरिका महर्जन छन् । सन्जिवकुमार ढुंगोल टिम प्रशिक्षक र सन्ध्या शाक्या टिम व्यवस्थापकको भूमिकामा छन् ।

Comment