पारा तेक्वान्दो टोली सोचीतर्फ

para bidai1
इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी हुन नेपाली टोली बिहीबार रसियाको सोची प्रस्थान गरेको छ । पुरुषमा अमित थापा र चिन्ताबहादुर कुँवर तथा महिलामा सीता भण्डारी र रन्जना धामीले प्रतिस्पर्धा गर्नेछन् । चारै खेलाडीले के ४४ समूहमा भाग लिने छन् ।सहभागि खेलाडी इसीडीसी तेक्वान्दो डोजांगमा आबद्ध छन् ।
प्रशिक्षकमा मीनबहादुर थापा र व्यवस्थापकमा कासिम मिया रहेका छन् । मिया भने शुक्रबार जाने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सदस्य देवकुमार अधिकारी, शकुन्तला नगरकोटीलगायतले बिदाइ गरे ।

Comment