यु–१६ फुटबल टोली फर्कियो

tanab footballe

भारतमा अर्को वर्ष हुने एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट नेपाली फुटबल टोली मंगलबार स्वदेश फकिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१६ छनोट चरणको खेलमा उत्कृष्ट उपविजेताका रुपमा नेपाल च्याम्पियसिपलाई छनोट भएको थियो । विभिन्न ११समूहका विजेता च्यापियनसिपका लागि छनोट हुने प्रावधान थियो । त्यस्तै ११ समूहका उत्कृष्ट चार उपविजेता पनि च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान थियो । उत्कृष्ट चार उपविजेतामा स्थान बनाउदै नेपाल छनोट भएको हो ।
समूह ‘बी’ को पहिलो खेलमा जोर्डनलाई २–१ गोलले पराजित गरेको नेपालले दोश्रो खेलमा किर्गिस्तानलाई ४–२ गोलले हराएको थियो । आफ्नो अन्तिम खेलमानेपाल ओमानसंग ३–१ ले चुकेपछि नेपाल विजेता हुँदै छनोट हुन असफल भएको थियो । ओमानसंग बराबरी मात्र खेलेको भएपनि नेपाल विजेताका रुपमा छनोट हुने थियो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य देवकुमार अधिकारी, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा, एन्फा एकेडेमीका खेलाडीलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

Comment